गजल
विश्वासको खडेरीमा वसन्तको पानी कहाँ
दन्किएको चितामाथि ज्यूँदो जिन्दगानी कहाँ ।
देखिँदैन सल्बलाई ज्वालामुखी छातीभित्र
विषमात्र अटाइन्छ नीलकाँडे पातीभित्र
हृदय भो मरुभूमि साउने जवानी कहाँ
दन्किएको चितामाथि ज्यूँदो जिन्दगानी कहाँ ।
मरेपछि बाँच्ने रहर सम्बन्ध नै आगो बन्छ
भासिएको मायाजाल जेलिएको धागो बन्छ
मनको पीर, आलो घाउ सुकाइदिने वाणी कहाँ
दन्किएको चितामाथि ज्यूँदो जिन्दगानी कहाँ ।
रामगोपाल आशुतोष
No comments:
Post a Comment